(Friday, 24 May, 2019)
By: आजको अर्थ
बैशाख ३१, २०७६

एजेन्सी – मोडल तथा कलाकार मन्दना कारिमी विकिनी लगाएर भिडियो बनाएका कारण विवादमा तानिएकी छन् । 

लोकप्रिय टेलिभिजन कार्यक्रम बिग बोसको सिजन ९ की एक प्रतिस्पर्धी इरानी मूलकी मोडल कारिमीले ‘भाग जोनी’ नामक ठूलो पर्दाको सिनेमामा पनि अभिनय गरेकी छन् ।

कारिमीले हालै गुलावी र निलो रङ्को विकिनीमा एउटा भिडियो सुट गरेर पोस्ट गरिन् । त्यसपछि उनका फ्यानहरुले नै उनीमाथि निर्ममतापूर्वक शाब्दिक आक्रमण गरे । मुस्लिमहरुको पवित्र महिना रमादानका बेला यस्तो हर्कत गरेको भन्दै उनको आलोचना भएको हो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत