बार्सिलोनामाथि अर्को त्रासः कोपा डेल रे को फाइनलमा के होला ?

४ बर्ष अगाडि

           
एजेन्सी –  बार्सिलोनाको माहौल एकाएक बदलिएको छ । च्याम्पियन्स लिगबाट बाहिरिएपछि खेलाडी तथा प्रशिक्षक दुवैको व्यापक आलोचना भइराखेको छ ।

गएको सिजन रोमासँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाले यस सिजन गएको सिजनको गल्ती नदोहोराउने धेरैको अनुमान रहेको थियो । तर, नियती उही हुन पुग्यो ।

बार्सिलोनाविरुद्ध चार गोल गर्ने आँट अन्य क्लबले पनि देखाउन सक्छन् भन्ने कुरा बार्सिलोनाले बल्ल बुझ्न थालेको समिक्षकहरुले बताएका छन् । तर, च्याम्पियन्स लिगबाट बाहिरिएको एउटा पिडा छँदैछ भने अर्को पिडा कोपा डेल रे को फाइनलमा नहोस् भन्ने अपेक्षा बार्सिलोनाका फ्यानहरुले गरेका छन् । 

यस सिजन भ्यालेनसिया उच्च फर्ममा रहे तापनि युरोपा लिगको सेमिफाइनलमा आर्सनलभन्दा कमजोर साबित बन्यो । यस सिजन एउटा उपाधि भने पनि जित्ने दाउमा भ्यालेनसिया रहेको छ ।

बार्सिलोना पनि च्याम्पियन्स लिगबाट बाहिरिएको पिडामा केही मलम लगाउन कोपा डेल रेको उपाधि जित्न चाहन्छ । तर, यदी पराजित भएमा बार्सिलोनामा ठुलै संकट आउने संकेत आफुहरुले देखेको समिक्षकहरु बताउँछन् ।

प्रशिक्षकदेखि खेलाडीभित्र व्यापक असन्तुष्टि रहेको र उक्त कारण पनि बार्सिलोनाको मनोबल कमजोर रहेको समिक्षकहरु बताउँछन् ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि खेलाडीहरुले खुल्ला रुपमा नै एकअर्कालाई दोष लगाउने काम गरेका थिए । खेलाडीहरुबीच सही तालमेल नरहेको फाइदा भ्यालेनसियाले उठाउन सक्ने उनीहरुको दाबी रहेको छ ।  
मे २५ मा बार्सिलोना र भ्यालेनसिया कोपा डेल रेको फाइनलमा आमने सामने गर्दैछन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया