मेस्सीले क्लबलाई भने तिन स्टार खेलाडीलाइ बेचदिनु !

४ बर्ष अगाडि

एजेन्सी – मेस्सीले क्लबलाई भने “यी तिन स्टार खेलाडीलाइ बेचदिनु ”को हुन् ती स्टार खेलाडीहरु
क्याटलान क्लब बार्सिलोनामा अहिले ठुलो भूकम्पनै गएको जस्तै भाको छ । सेमिफाइनलमा इंग्लिस टिम लिभरपुलसँग ४–० को लज्जास्पद हार व्यहोर्दै आउट भएपछि ठुलो भूकम्पनै गए जतिकै भाको छ ।
एस्तो लज्जास्पद हार व्यहोर छ भनेर न त खेलाडी न त बार्सिलोनाको समर्थकले सोचेको  थिए ।मिडिया रिपोर्टहरूअनुसार बार्सिलोनाले यो सिजनको अन्त्यसँगै ११ जना खेलाडी बेच्ने तयारी गरेको छ ।

महँगो खेलाडी खरिद गरे पनि च्याम्पियन्स लिगमा बार्सिलोनाले जित हात पर्न सकेन ।सेमिफाइनलमा इंग्लिस टिम लिभरपुलसँग ४–० को लज्जास्पद हार व्यहोरन पुगो ।बार्सिलोनाले क्लब इतिहासकै सर्वाधिक महँगा खरिद खेलाडी फिलिप कोउटिन्होलाई किनो अहिले आएर बेच्ने तयारी गर्दै छ ।

बार्सिलोनाले टिमका कप्तान लिओनल मेस्सीले टिमका ३ जना स्टार खेलाडीलाई प्राथमिकतासाथ बेच्न क्लबलाई सुझाव दिएका छन् । स्पेनिस ‘मार्सा’ र ‘मुन्डो डेपोर्टिभो’का अनुसार मेस्सीले एनफिल्डमा लिभरपुलसँग खराब प्रदर्शन गरेपछि केही खेलाडी बेच्न क्लबलाई सुझाव दिएका हुन् ।

मेस्सीले बेच्न सुझाव दिएका खेलाडीमा ब्राजिलियन फिलिपे कोउटिन्हो, फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी र क्रोएसिन मिडफिल्डर इभान राकिटिक रहेका छन् । कोउटिन्होले बार्सिलोनामा डेब्यु सिजन प्रभावकारी बनाए पनि यो सिजन खराब चलिरहेको छ ।

तर, मेस्सीले आफ्ना नजिकका साथी उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई भने नबेच्न क्लबसँग अनुरोध गरेका छन् । स्वारेजले बार्सिलोनाबाटै करिअर अन्त्य गर्न चाहेको बताउँदै मेस्सीले स्वारेजलाई बार्सिलोनामै राख्नुपर्ने सुझाव क्लबलाई दिएको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया