एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कंदै

४ बर्ष अगाडि

काठमाडौँ – भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् ।

एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री ओली आज दिउँसो कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२६ वैशाखमा भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओली ३० वैशाख सम्म भियतनाम र ३० वैशाख देखि १ जेठ सम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा कम्बोडिया भ्रमणमा गएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया