सुनको भाउ फेरीे घट्यो

बुधबार, ०१ जेठ २०७६, ११ : ३४

काठमाडौं– साताको चौथो दिन बुधबार छापावाल सुनको भाउ तोलामा ४ सयले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको सुनको भाउ घटेर बुधबार  ६० हजार ६०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । 

यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

बुधबार, ०१ जेठ २०७६, ११ : ३४

प्रतिक्रिया