फरार भएका अख्तियारका पूर्व आयुक्त पाठक बिशेष अदालतमा उपस्थित

४ बर्ष अगाडि

काठमाडौँ – ७८ लाख घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक बिशेष अदालतमा उपस्थित भएका छन् । 

७८ लाख घुस लिएको आरोपमा मुद्दा दायर भएका पूर्व आयुक्त राजनारायण पाठक बिशेष अदालतमा आज उपस्थित भएका हुन् । बिशेष अदालतले  उनको नाममा म्याद जारी गरेको थियो ।

अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ । बयानपछि थुनछेक आदेश हुने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल इन्जिनियरीङ कलेजको विवाद मिलाउने भन्दै घुस लिएका थिए । सो प्रकरणमा मुद्दा दायर भएका लम्बोधर न्यौपाने फरार नै छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया