मातृका यादवले अङ्ग्रेजी काण्डमा मुख खोले

४ बर्ष अगाडि

काठमाडौं – केहि समय अघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले लगानी सम्मेलनमा बोलेको अङ्ग्रेजीलाई लिएर निकै आलोचना भयो । मन्त्रीजस्तो मान्छेले बोल्ने अङ्ग्रेजी लज्जास्पद भएको भन्दै विभिन्न कोणबाट आलोचना भएको थियो । त्यही आलोचनाको खण्डन बुधबार एक कार्यक्रममा मन्त्रीले गरेका छन् । 

मन्त्री यादवले भने, ‘मैले अंग्रेजीमा इदर र निदर भनेको थिएँ तर मलाई मातृकाले अंग्रेजी बोल्नै जानेन भनेर उडाए । हुन त म अंग्रेजमा जन्मेको मान्छे पनि होइन । खासमा मलाई नेपाली पनि शुद्ध बोल्न आउँदैन । म मधेसमा जन्मेको मान्छे हो । सबैलाई सबै भाषाको ज्ञान हँुदैन । ’

एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा लगानी सम्मेलनमा आफूले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचनाको विषयमा यादवले असन्तुष्टि व्यक्त गरे । 
उनले आफूलाई अंगेजी बोल्न नजानेको भन्दै खिसी गर्नेलाई सिकाइदिन आग्रह पनि गरे । उनले अब आफूले ‘इदर निदर’ नभन्ने पनि उल्लेख गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया