पार्टीले दूर्भाग्य भोग्नु नपरोस् : ईश्वर पोखरेल

४ बर्ष अगाडि

काठमाडौँ – उप्रधानमन्त्री ईश्वर पोखरेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा नलागे विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन्  ।

बुधबार नेकपा निकट युवासंघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको चर्को आलोचना गरेका हुन् । 

कार्यक्रममा बोल्दै उनले  ‘सोलोढोलो प्रकृयाबाट पार्टी नचल्ने समेत दावी गरे  । उनले थपे त्यसपछि दुर्भाग्य हुनेछ’ पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै पार्टीको आचरणबारे जनताले बुझ्नेगरी एकरुप धारणा बनाउनु जरुरी भएको बताए ।

उनले भने, ‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न सक्दैन । संसारका कम्युनिष्ट शासकहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । हाम्रो पार्टी त्यस्तो हुनुहुँदैन । त्यसका लागि नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस्’ पोखरेलले चर्को असन्तुष्टि जनाए ।

दुई कम्युनिष्ट पार्टी एक हुनु कम्युनिष्ट कार्यकर्ताको चाहाना र जनताको आवश्यक्ता भएको भन्दै त्यो चाहाना र आवश्यक्ता पुरा गर्न विचार, संगठन र नेतृत्वको स्पष्टता हुन जरुरी रहेको उनले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया