मन्त्रालयमै झण्डै हात हालाहाल

४ बर्ष अगाडि

काठमाडौँ – उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका नेताहरुबीच मन्त्रालयमै भनाभन भएको छ । 

बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८/१० जनाले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए । विवाद बढ्दै जाँदा उनीहरूबीच झण्डै हात हालाहालको अवस्था बनेको थियो ।

मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्त्रालयमै भनाभन भएको हो । 

मन्त्रालयका सहसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान खोज्दा उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो। यसै विषयमा छलफल गर्न भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेका थिए। 

 रेग्मीको ठाउमा खड्कालाई घुस लिएर पठाएको भनेपछी छलफलका क्रममा मन्त्री मातृका यादव र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका कर्मचारी  बीच केहीबेर भनाभन भएको थियो । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया