नेपथ्यको नयाँ भिडियो ‘नासै छ्याँबा' सार्वजनिक (भिडियोसहित)

४ बर्ष अगाडि

काठमाडौं – नेपथ्यको नयाँ भिडियो ‘नासै छ्याँबा मनो ह्योल’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए। यसको रेकर्ड भने त्यसको चार वर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’ एल्बमका निम्ति गरिएको थियो। यस गीतलाई लाइभ कन्सर्ट गर्दाको फुटेज र अमृतले त्यस भेगमा यात्रा गर्दा खिचेका तस्बिरहरु समायोजन गरेर म्यूजिक भिडियो तयार पारिएको छ ।’

सार्वजनिक भएको सो भिडियो उनको आफ्नै युट्युव च्यानलमा राखिएको छ । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया