१०० रुपैयाँ दिई प्रलोभनमा पार्न खोज्ने प्रहरीको नियन्त्रणमा

४ बर्ष अगाडि

काठमाण्डौ – महानगरीय प्रहरी वृत्त जगातीबाट जगाती चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.२० च. ८२०९ नम्बरको बोलेरो चालक खोटाङ चिसापानी बस्ने बर्ष ३३ को केशब बहादुर तामाङलाई पक्राउ गरेको छ । 

यही जेष्ठ १ गते ०५:३० बजे ईटहरीबाट काठमाण्डौ आउँदै गरेको वाकर बोकेको बोलेरो गाडीलाई चेकजाँच गर्दा तामाङले प्रहरीलाई नगद रू १०० दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकाले
निजलाई नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया