यसरी झुक्याएर जेनीलाई बिहे गरेका थिए विष्णुले

४ बर्ष अगाडि

काठमाडौँ– राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि बुधबार एसिड प्रहार भएको छ ।

काभ्रे फूलबारीका २८ वर्षीय विष्णु खड्काले कुरा गर्नु छ भन्दै डेरा बाहिर बोलाएर एसिडछ्यापेका हुन् ।

युवतीको अनुहार र छातीमा एसिड परेको छ । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । विष्णुलाई प्रहरीले राति १० बजे काँडाघारीबाट पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

झन्डै ३ वर्षअघि विष्णुले जेनीसँग बिहे गरेका थिए । घर पुगेपछि विष्णुको पहिल्यै बिहे भएको थाहा पाएकी उनी माइत बस्दै आएकी थिइन् । कान्तिपुरमा खबर छापिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया