राजनीतिमा असल र इमान्दार नेतृत्वको खडेरी

५ बर्ष अगाडि

–रिजवान अन्सारी
मधेशको राजनीतिलाई आन्दोलनको समयदेखि नै मूल्यांकन गर्नुपर्दा एउटा ठूलो र सशक्त आन्दोलनले यो देशमा परिवर्तन ल्याउन सम्भव भएको हो । मधेश आन्दोलन, मधेशी जनताले आफ्नो मुक्तिको लागि गरेको जनआन्दोलन हो । जबदेखि मधेशका अगुवा नेताहरूले नै यो आन्दोलन काठमाडौं केन्द्रित हुनुपर्छ भने त्यसैबेलादेखि नै मधेशी जनताभित्र धोका हुने सम्भावना रहेको भावना प्रकट भयो । जुन बाटो मधेशी जनताको अधिकारसम्म पुग्नै सक्दैन र मधेशी जनताले अधिकार पाउँदैनन् भन्ने थाहा हुँदाहुँदै पनि संविधानसभाको बनोट नै त्यस्तै थियो । सबै कुरा नमिल्दा पनि उनीहरूले आन्दोलनलाई छाडेर संविधानसभाबाट नै अधिकार लिन सकिन्छ, मधेशी जनताको सपना साकार गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि गए । त्यहाँबाट नै उनीहरू गलत दिशातर्फ गएको अवस्था हो । वास्तवमा निर्वाचन पछिको अवस्था आन्दोलनका क्रममा मधेशी जनताले जे जस्तो भोगे पनि निर्वाचनको समयमा मत दिएर जिताए । जुन मतका सम्मान गर्दै उनीहरू लड्नुपथ्र्यो । मलाई लाग्छ कि निर्वाचन सम्पन्न हुने बित्तिकै सत्तामा जानु, मधेश आन्दोलनलाई तहसनहस पार्नु, मधेशी जनतामा आधारित शक्तिहरूलाई तोड्नु, फोड्नु काम सुरू भयो । राजपा र फोरमको एकताको कुरा पनि निर्वाचन सकिए लगत्तै फरक–फरक आउन थाल्यो । यसबेलादेखि नै उनीहरू सहि दिशामा लाग्लान् भन्ने लागेको थिएन । संघीय समाजवादी फोरम आफ्ना माग सम्बोधन भए पनि नभए पनि निर्वाचनमा सहभागी हुने भनेर अगाडी बढे । पछि राजपा पनि मैले किन गरिन भनेर पश्चताप गर्न थालेपछि यो अवस्था देखा परेको हो । अहिले पनि मधेशका जनता उनीहरूको क्रियाकलाप देख्दा अलि निराशापना आएको छ । केही कुरा नमिलेर मात्रै सरकारमा नगएका हुन् । मुद्दाको आवरण फेरिरहेका छन् । केही कुरा नमिलेर सत्तामा नगएका हुन् । यो कुराबाट पनि के प्रष्ट हुन्छ भने मधेशी जनताले पटक–पटक धोका खाएको हो । मधेशमा उत्पीडन छ । 
वास्तवमा पहिचानको समस्या हो, मधेशको आर्थिक अवस्था जर्जर छ । यहाँको गरिबी, अशिक्षा, भ्रष्टचारको अवस्था छ । मधेशी जनताले राज्य हाम्रो हो भन्ने अनुभूति नै गर्न पाएको छैनन् र राज्यले पनि अनुभूति दिलाउन सकेको छैन । यो समस्याबाट मधेशी जनता मुक्त हुन चाहन्छन् तर दुर्भाग्य के रह्यो भने समग्र मधेशको नेतृत्व गर्न सक्ने मात्र होइन, देशकै नेतृत्व गर्न सक्ने, दुरगामी सोच राख्ने नेताहरू वास्तवमै मधेशले पाउन सकेन । मधेशले मात्र होइन देशले नै पाउन सकेको अवस्था छैन । अहिलेको समग्र परिवेशलाई हेर्दा आन्दोलनले बिट मारेको अवस्था हो । मधेशी जनताका अधिकार सुनिश्चित संसदबाट हुने अवस्था देखिरहेको छैन । एमालेकै कारणले पहिलो संविधानसभा विघटन भयो । जहाँबाट मधेशी जनताले अधिकार पाउन सक्थ्यो । यथास्थितिमा राख्नका लागि र जनतालाई अधिकार नदिलाउनका लागि नै अनेक किसिमका जालझेल गरेर पहिलो संविधानसभाको हत्या एमालेको मुख्य योजनामा भएको थियो । एउटा यथास्थितिवादी शक्तिका पक्षधर, अग्रगामी शक्तिका विरोधी मधेशी जनता लगायत नेपालका उत्पीडित जनता दलित, आदिवासी, मुस्लिम, महिला, पिछडिएको क्षेत्रलाई अधिकार दिन नचाहने, यो मुलुकलाई फेरी पनि एकल जातीय शासनलाई कायम राख्न चाहने तीव्र रूपमा एमालेभित्र देखा परेको छ । त्यो शक्तिलाई नै मानेर लछारपछार गर्न थालेपछि त अलिकता मधेशी जनतामा, आन्दोलनकारी शक्तिहरूमा उनीहरूको क्रियाकलापले हिनता बोध भएको छ ।  म के भन्न चाहन्छु भने यसरी निराश भएर होइन, हाम्रो लडाई भनेको दुई चार वर्ष गरेर छोडिने खालको होइन । यो लामो संघर्ष हो । वर्तमानको राजनीतिक शक्तिले एउटा दिशामा पु¥याउन सकेन भने पनि निराश हुनुहुँदैन । मधेशी जनताको आन्दोलन, मधेशी जनताको माग, समानुपातिक धारणा, समान न्यायको चाहना, अधिकार सम्पन्न प्रदेशको चाहना, समानुपातिक समावेशिताको चाहना, पूरा नभएसम्म यो देशमा र मधेशमा दमन र शोषण, उत्पीडन, एकल जातीय शासनलाई विभिन्न रूपमा कायम राख्ने र निरन्तरता दिने षडयन्त्र भइरहेसम्म आन्दोलन रोकिदैन र आन्दोलनलाई नयाँ ढंगबाट पुनर्गठन गरेर मधेशको आन्दोलन र सम्पूर्ण जनताको उत्पीडनको आन्दोलन सशक्त ढंगबाट अगाडी बढ्छ । 
राजपा र फोरम केन्द्रीय सरकारको प्रतिपक्षमा रहेर काम गर्नुपर्ने हो । मुद्दाको लागि सशक्त रहेर आन्दोलन गर्नुपथ्र्यो । प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नुपर्छ । त्यसकारण नै जनताले जिताएर पठाएका हुन् तर उनीहरू सत्ताबिना बाँच्न नै सक्दैनन् । जस्तो पानी र माछाको सम्बन्ध हुन्छ त्यस्तै वर्तमान मधेशको नेतृत्वसँगको सत्तासँग छ । त्यसैले सत्ताको लागि पटक–पटक धोका दिएको र मुद्दालाई विर्सजन गरेको हो । त्यसकारण एउटा अवसरवादी र सत्तालिप्सा भएको वर्तमान राजनीतिक नेतृत्वले मधेशी जनताको मुक्ति गराउँछ भन्ने आशा राख्नु भनेको हाम्रो लागि दुःखद कुरा हो । 
अहिले जनतामा निराशा र आक्रोश छ । मधेशवादी दलहरूमा एक प्रकारको सत्तालिप्सा देखिएको छ । हो, सत्तामा त जाने हो तर के का लागि जाने भन्ने कुरा प्रष्ट हुनुपर्छ । सत्तामा जानको लागि मुद्दासँग सम्झौता गरेर जाने हो कि या मुद्दा प्राप्त गर्ने दिशामा अगाडी जाने हो । मुद्दासँग सम्झौता गरेर जाने अदूरदर्शी, असक्षम, अयोग्य र बेइमान वर्तमान राजनीति नेतृत्वको कारणले मधेशी जनताको ठूलो आन्दोलनले यो अवस्था बेहोर्नु परेको छ । त्यसकारण मैले जनतालाई आह्वान गर्दैछु हाम्रो पार्टीको तर्फबाट हामी निराश भएर आत्मघाती कदमहरू नचालौँ । हामी सशक्त ढंगबाट पुनर्संगठित भएर  अहिलेसम्म भएका मधेश मुक्तिका आन्दोलनहरूको गहिरो समीक्षा गरौँ । हाम्रो कुन–कुन ठाउँमा गल्ती, कमजोरी भएको छ, त्यो कमजोरी नदोहो¥याएर हामीले आन्दोलनलाई पुनर्गठित गरेर जानुुपर्छ । खासगरी मधेशका युवा, वुद्धिजीविहले राजनीति फोहरी खेल हो भनेर बाहिर बस्नु भनेको जिम्मेवारी पूरा गर्नु होइन । त्यसैले सम्पूर्ण देशका असल राजनीतिक कार्यकर्ताहरू राजनीतिमा अगाडी आउनु पर्छ । राजनीतिले नै सत्ता चलाउने हो र सत्ताले नै देशमा सुशासन ल्याउने हो । त्यसकारण असल र इमान्दार मान्छे अगाडि आउन पर्छ किनभने अँध्यारोमा आफ्नो कुनै अस्तित्व हुँदैन । अँध्यारो भनेको उज्यालोको अनुपस्थिति हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया