नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार

ajaako_artha

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।   
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५  लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

    बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता  भने टुङ्गाएको छ ।  मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ । 

गत वर्ष जेठ ३ गते  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच  एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र  केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१