एपेक्सका कारण एनसिसि बैंक समस्यामा, डुब्ने भयो ४० करोड

४ बर्ष अगाडि

काठमाडौं – एनसीसी बैंकले गाभेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैँकका कारण रु ४० करोड डुब्ने देखिएको छ ।

एनसीसीसँग मर्ज हुनुअघि एपेक्सले लगानी गरेको रु २ अर्ब २० करोड कर्जामध्ये गाभिएपछि एनसीसीले रु १ अर्ब २० करोड असुल गरेको छ । बाँकी रकम डुब्ने भएको हो ।

एनसीसीले रु ६० करोड बराबरको अचल सम्पत्ति जफत गरी लिन सफल भएको छ । बाँकी रु ४० करोड नउठ्ने देखिएको छ । सकेसम्म उठाउने प्रयास भइरहेको बताइन्छ ।

अधिकांश कर्जाको धितो नभएको र भएकाको पनि कमसल भएकाले असुली हुने सम्भावना ज्यादै कम रहेको न्यौपानेको भनाइ छ । बैंकको रु  ४० करोड कर्जा डुबेको अवस्थामा पुगेको छ ।

एपेक्सले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेकोमध्ये सो रकम उठ्ने भएको हो । ठूलो रकम असुल भएकाले अब एनसीसीलाई समस्या नहुने बताइन्छ ।

एनसीसीको खराब कर्जा ३।२६ प्रतिशत छ । खराब कर्जाका कारण धेरै रकम प्रोभिजन गर्नुपर्दा एनसीसीको नाफामा असर परेको बताइन्छ ।

नगद र धितो लिलाम गरी रु १ अर्ब ८० करोड असुली भइसकेको छ । धितो पनि लिलाम गरेर असुल गरिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया