गर्मीमा वानपिस नै किन ?

४ बर्ष अगाडि


गर्मी बढेसँगै युवतीहरू हलुका र शीतल हुने कपडामा सजिन थालेका छन् । उनीहरूले लाइट कलर तथा प्रिन्टेड कपडा पहिरिन सुरु गरेका छन् । त्यस्तै, युवतीहरूले बढी मात्रामा वानपिस नै रोज्ने गरेका छन् ।

वानपिस लगाउँदा शीतल एवं सहज अनुभव हुने काठमाडौंकी ज्योति पाठकले बताइन् । कटन तथा सिफनका वानपिस कपडा बढी प्रयोगमा आउन थालेको छ । युवतीहरू वानपिसमा सजिएर साथीसँगको भेटघाट, पार्टी तथा घुमघाममा निस्किन्छन् ।

वानपिसले शरीरलाई आकर्षक र फिटिङ देखाउन मद्दत गर्ने भएकाले वानपिस युवातीको रोजाइमा परेको कपडा व्यवसायी राजेन्द्र वनले बताए । गर्मी याम ‘फेसन’ पाखरीका लागि उपयुक्त समय हो । जाडोभन्दा गर्मीमा ‘फेसनेबन’ पहिरन लगाउन सहज हुने भएकाले किशोरकिशोरी टिसर्ट, अफ सोल्जर, वानपिसलगायतका पहिरनमा सजिएर हिँड्ने वनले बताए ।

युवतीको रोजाइमा समर डेस, हाफ पाइन्ट, लङ टप, लेगिङ्स, स्कर्ट, स्लिभलेस टिसर्ट पर्छन् । गर्मीमा वानपिसको माभ बढेको व्यवसायीको भनाइ छ ।

बजारमा ३ सय बढी डिजाइनका वानपिस बजारमा उपलब्ध छ । नेपालमा निर्मित फिटिङ टिसर्ट, कन्साइ टिसर्ट, सिफनको ह्यान्ड बेली, -यापर टिसर्ट, अफ सोल्जर उपलब्ध छन् । त्यस्तै, अफ सोल्जर, बेली, कन्साइलगायत ३० बढी आइटका वानपिस बजारमा पाइन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया