अङ्ग प्रदर्शन गरेर बलिउडमा तहल्का मच्चाएका ५ अभिनेत्री

४ बर्ष अगाडि

एजेन्सी – विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु । 

त्यसमा सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जोसँग अभिनय क्षमता भन्दा पनि पर्दामा देखिने उनीहरुको बोल्ड सीनका कारण मात्रै फिल्म चलिरहेको छ ।

उर्वशी रौतेला 
सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।

जरीन खान 
बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् । 

ईशा गुप्ता 
सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् । 

अमीषा पटेल
करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन 

सनी लियोन 
बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया