सलमान खानले गरे कैटरिनाको तारिफ

४ बर्ष अगाडि

लामो समयको अन्तरालपछि प्रियंका चोपडा र सलमान खान एउटै फिल्ममा देखिन लागेका थिए ।  अली अब्बास जफरको फिल्म ‘भारत’ मा अनुबन्ध भएकी प्रियंकालाई फिल्मको शुटिङ सुरु हुनेवित्तिकै हटाइयो । 

उनले फिल्मका लागि समय नदिएको कारण उनलाई हटाइएको थियो । 

प्रियंका फिल्मबाट हटेपछि सलमान खानले बारम्बार उनको विषयमा टिकाटिप्पणी गर्दै आएका छन् । हालै उनले फिल्मको गीत ‘जिन्दा’ को लन्चमा मिडियासँग कुरा गर्दै पुनः एकपटक प्रियंकालाई घोचपेच गरेका छन् । 

गीतको लन्चको क्रममा कार्यक्रममा कैटरीना, सलमान र अली अब्बास उपस्थित थिए । यसैक्रममा कैटरीनाले फिल्ममा आफ्नो भूमिकाको विषयमा कुरा गर्दै भनिन्, ‘अली अब्बासले मलाई फोन गरे । र भने, ‘प्रियंका अब फिल्ममा छैनन् । तपाईंलाई स्क्रिप्ट पठाएको छु पढेर प्रतिक्रिया दिनुहोला ।’ त्यसपछि मैले स्क्रिप्ट पढें । र मलाई स्क्रिप्ट असाध्यै मन पर्यो । अनि मैले फोन गरेर हुन्छ भने ।’

कैटरीनाले बोल्दाबोल्दै सलमानले भने,‘ थ्याङ्क्यू प्रियंका ’ । उनले ‘भारत’ को ट्रेलर र गीतमा कैटरिनाको तारिफ गरेका छन् । उनी कैटरीनाको कामबाट निकै खुशी भएको विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । उनले एक कार्यक्रममा बाल्दै भनेका थिए,‘ कैटरिनाले धेरै मेहेनत गरेकी छिन् । उनलाई यो फिल्मको लागि पक्कै नेशनल अवार्ड मिल्नेछ ।’

फिल्म ‘भारत’लाई निर्देशक अली अब्बास जफरले निर्देशन गरेका हुन् । फिल्ममा सलमान खान, कैटरीना कैफ, सुनील ग्रोवर, ज्याकी श्राप र दिशा पाटनीको मूख्य भूमिका रहेको छ । फिल्म ५ जुनमा रिलीज हुँदैछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया