गोकुल बाँस्कोटाको कारण अड्कियो काभ्रेमा नेकपाको पार्टी एकता

४ बर्ष अगाडि

नेकपा केन्द्रीय सचिवालयले पार्टीको जिल्ला नेतृत्वको भागबन्डा टुंगो लगाएसँगै नेकपाको प्रदेश ३ कमिटीले ललितपुर, काभ्रे र चितवनबाहेकका जिल्ला कमिटीको एकता टुंगो लगाएको छ ।

प्रदेश ३ कमिटीको आज ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले ती जिल्लाबाहेक प्रदेशभित्रका सबै जिल्ला कमिटीको फर्मेसन टुंगो लगाएको हो ।

बाँकी जिल्लाको एकता भने काभ्रेका प्रस्तावित इन्चार्जसमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाका कारण अल्झिएको छ ।

प्रदेश ३ को बैठक ललितपुरमा जारी रहँदा मन्त्री बाँस्कोटाले आफू निकटका नेतालाई बोलाएर काठमाडौंको सिद्धार्थ कटेजमा बेग्लै भेला डोकेपछि ती जिल्लामा विवाद बढेको नेकपा प्रदेश कमिटीका नेताले बताएका छन् ।

भेलामा मन्त्री बाँस्कोटासँगै काभ्रेका नेताहरु गंगाबहादुर दोङ, चौरी देउराली गाउँपालिका अध्यक्ष दीनानाथ गौतम, इन्द्र तामाङलगायतका नेता सहभागी थिए ।

प्रदेश ३ मा १० जिल्ला छन् । बैठकले सातवटा जिल्लाको एकता टुंगो लगाएको हो ।

काभ्रेमा मन्त्री बाँस्कोटाले आफ्ना गुटका नेता च्यापेको भन्दै बैठकमै चर्को असहमति भएपछि जिल्ला नेतृत्वकाे भागबन्डा टुंगिन नसकेको स्राेतकाे भनाइ छ ।

ललितपुर र चितवनले भने तत्कालीन माओवादीको भागमा परेका जिल्ला कमिटी सदस्यको नाम तय गर्न नसकेपछि टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया