फिल्म अभिनयबाट हल व्यवसायमा अजय देवगण

४ बर्ष अगाडि

एजेन्सी – अभिनेता अजय देवगण फिल्म अभिनय, निर्माण र निर्देशनका साथै हल व्यवसायमा पनि लाग्ने तयारीमा छन् । भारतीय मिडियाले उल्लेख गरेअनुसार अजयले उत्तर प्रदेशको हापुड र गाजीपुरमा दुईवटा सिंगल स्क्रिन पहिला नै किनेका थिए । 

अजय अब भारतका रिमोट एरियामा नयाँ मल्टिप्लेक्स हल खोल्ने तयारीमा छन् । उनले आफ्नो एनवाई सिनेमाज् एलएलपी ब्रान्डका लागि ६ सय करोड भारु लगानी गर्नेछन् । अजयले उक्त लगानीमा अबको पाँच वर्षभित्रमा भारतको उत्तर र दक्षिणी इलाकामा साढे दुई सय स्क्रिन खोल्ने योजना बताएका छन् ।

अजयको पहिलो मल्टिप्लेक्स हल मध्यप्रदेशको रतलामा जुन महिनामा उद्घाटन हुनेछ । अजयको गत शुक्रबार दे दे प्यार दे रिलिज भएको छ । सो फिल्मले भारतीय बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया