खेतला उम्मेदवार बोक्दा ‘खोलो त¥यो, लौरो विस्र्यो’ जस्तै भयो : सूर्य थापा

४ बर्ष अगाडि

प्यूठान – प्रतिनिधी सभामा खेतला उम्मेदवार जनताको प्रतिनिधी हुँदा प्यूठान विकास निर्माणमा पछाडी परेको नेकपा केन्द्रिय सदस्य सूर्य थापाले अभिव्यक्ति दिएका छन् । 

सामाजिक सञ्जालमा विचार लेख्दै नेता थापाले भनेका छन्,‘पार्टी नेतृत्व र नेताहरुले सँधै मसालको लागी छाड्ने गरेको विडम्वना भोगिरहेका छौँ । हाम्रो भोटले उनीहरुले चुनाव जितेको भोलिपल्टदेखि बिर्सेर खोलो त¥यो, लौरो विस्र्योजस्तो गर्दै आएको अवस्था छ ।’ 

राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसक्ने नेकपा मसालका प्रतिनिधीहरुकै कारण विकास निर्माणमा प्यूठान अझ पछाडी धकेलिएको उनले धारणा व्यक्त गरे । कुनैबेला प्यूठानको ढुंगोमाटो समेत मसाल भएकोप्रति व्यंग्य गर्दै उनले ‘हाँसको चाल न कुखुराको चाल’ जस्तो मसालको राजनीति देखेर सवैले छाडेको सुनाए । ०५१, ०५६ र ०७४ सालको निर्वाचनमा गलत ठहर गरी छाडेर हिडेको मसालको गिलास चिन्हमा ‘कथित’ तालमेलको नाममा कार्यकर्ताले भोट हाल्न बाध्य भएको उनले बताए ।

तर, मसालसँगको तालमेलले गर्दा जिल्लाको समग्र विकास निर्माण पछाडी परिरहेको उनको ठहर छ । चुनाव जितेर गएका मसालका प्रतिनिधीले जनताको पीडा, गुनासा सुन्न गाउँ नफर्केको समेत उनले बताए । २०७४ सालको निर्वाचनमा देशभर ६२ हजार मतमा खुम्चिएको राष्ट्रिय जनमोर्चासँग प्यूठानमा नेकपा जस्तो विशाल पार्टीले दिनानुदिन प्रतिस्पर्धा गर्नु दुःखद् पक्ष रहेको उनले बताए । 

थापाले आगामी दिनमा आफ्नै शक्तिमा उभिएर प्रतिस्पर्धा गर्नका लागि अग्रसर हुन समेत आफ्ना नेता, कार्यकर्ताहरुलाइ आग्रह गरे । उनले राजमोको लागि यो नै अन्तिम मौका भएको बताएका छन् । थापाले भनेका छन्,‘राजमोको लागि यसपालीको तालमेल राजनीति थिएन्, प्राविधिक हिसावले मात्र स्वीकार्य र मान्य थियो ।’ अर्को स्थानीय निर्वाचनपछि प्यूठानमा राजमो÷मसाल खोज्न दिउँसै टर्चलाइट बाल्नुपर्ने स्थिती बनिसक्ने निश्चित नै भएको उनको दावी छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा मसालका प्रतिनिधीले केही गर्ने हैसियत नराख्ने समेत थापाले प्रष्ट पारे । थापाले व्यंग्य गर्दै प्रष्टाएका छन्,‘कोही छाती पिटिपिटी रोइकराइ गरेपनि मसालको धरातलीय यथार्थ यही नै हो ।’ 

प्यूठानको दुइ स्थानीय तहमा सिमित राजमो एमाले माओवादी एकीकरणपछि जनमतको अल्पमतमा परेको बताए । झिमरुक गाउँपालिकामा पूर्व एमाले र माओवादीको मत मिसाउदा ५ हजार १ सय र राजमोको ३ हजार ७ सय मात्र मत हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया