उत्तर कोरियाली महिला र बालिकालाई चीनमा गरियो यस्तो हर्कत

४ बर्ष अगाडि

फाइल तस्विर एजेन्सी – चीनमा उत्तर कोरियाली महिला तथा बालिकालाई यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको खुलेको छ ।

लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।

बीबीसीका अनुसार आफ्नो प्रतिवेदन पीडितबाट सङ्कलन गरिएका विवरण भएको इनिसियटिभ समूहले जनाएको छ । प्रतिवेदनका अनुसार अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन् ।

‘पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ । उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ,’ प्रतिवेदनका लेखक युन हिंसुनले भने । यौन दासी महिला तथा बालिका सामान्यतयाः १२ र २९ वर्ष उमेर समूहका छन् । उनीहरूलाई ललाईफकाई गरिन्छ वा बाध्य पारेर बेचिन्छ । उनीहरूलाई चीनमै अपहरण गरिन्छ वा उत्तर कोरियाबाटै बेचबिखनकर्ताले ल्याउँछन् ।

प्रतिवेदनका अनुसार आफ्नो देश छाडेको वर्षदिनभित्र तिनलाई कुनै न कुनै किसिमको यौन दासीको रूपमा काम गर्न बाध्य पारिन्छ । कतिपयलाई एकपटक भन्दा धेरै पटक बेचिन्छ । धेरै आप्रवासी कामदारको सङ्ख्या भएको चीनको उत्तर पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहमा अधिकांशलाई दासको रुपमा राखिन्छ । साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो । ती दृश्यका ग्राहक खासगरि दक्षिण कोरियाली हुने गरेको ठानिन्छ ।

बिहे गर्न बाध्य पारिएका महिलाहरूलाई खास गरेर ग्रामीण भेगमा बेचिन्छ जहाँ तिनलाई तिनका पतिले बलात्कार तथा दुर्व्यवहार गर्छन् । उक्त समूहले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट यी जानकारी सङ्कलन गरेको बताएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया