मोडल खुश्बु ओली जेल गइन्

४ बर्ष अगाडि

काठमाडौं– चेक बाउन्स मुद्धामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सुनाएको छ । 
अदालतले तीन हजार रुपैयाँ जरिवानासहित चेक बाउन्सबापतको ३६ लाख रुपैयाँ बिगो पीडितलाई भराउन समेत भनेको छ । 
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–काठमाडौं जिल्ला न्यायाधीश डा श्रीकृष्ण भट्टराईको इजलाशले मंगलबार यस्तो फैसला सुनाएको हो । सप्तरीका गोपाल बहादुर कटवालसँग सापटी लिएको रकमबापत ओलीले दिएको चेक बाउन्स भएपछि प्रहरीले गत १९ साउनमा अदालतमा मुद्दा चलाएको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया