हुवावेका संस्थापकले भने: हामीलाई अमेरिकाले...

४ बर्ष अगाडि

एजेन्सी – हुवावे कम्पनीका संस्थापक रेन जेङफेइले  संयुक्त राज्य अमेरिकाले कम्पनीको सामर्थ्यलाई अवमूल्यन गरेको आरोप लगाएका छन् ।

अमेरिकाले हुवावे कम्पनीमाथि लगाएका केही प्रतिबन्धलाई खुकुलो पारेपछि रेन जेङफेइको यस्तो टिप्पणी  बाहिर आएको हो । अमेरिकी नेतृत्वले चिनियाँ कम्पनीको सामर्थ्यलाई नचिनेर अवमूल्यन गरेको उनको भनाइ थियो । मंगलबार चिनियाा सरकारी टेलिभिजन सिसिटिभीसँग कुरा गर्दै जेङफेइले भने, ‘अमेरिकी नेताहरुको व्यवहारले हाम्रो क्षमतारसामर्थ्य अवमूल्यन गर्छ ।’

तर प्रतिबन्ध लगाउने अमेरिकी कदमबाट कम्पनीलाई कुनै असर नपर्ने समेत उनको भनाइ थियो ।’हुवावेको ५-जी प्रविधिमा कुनै असर पर्दैन’, जेङफेङले थपे, ‘२/३ वर्षमा हाम्रो ५-जी प्रविधिलाई कुनै पनि कम्पनीले उछिन्न सक्दैन ।’

संयुक्त राज्य अमेरिकाले चीनसँग व्यापार युद्ध बढ्दै गएपछि हुवावे कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । हुवावे विश्वकै सबैभन्दा ठूलो दूर संचार कम्पनी हो । तर अमेरिकी सरकारले ग्राहकमाथि पर्न सक्ने प्रभावलाई कम गर्न उक्त कम्पनीमाथि लगाइएका केही प्रतिबन्धहरु खुकुलो पारेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया