बार्सिलोनाले तोक्यो यि नौ खेलाडीको मुल्य

४ बर्ष अगाडि

एजेन्सी – स्पेनिस महारथी क्लब बार्सिलोनाले यस सिजन घरेलु लिगको उपाधि जितेको छ । च्याम्पियन लिग जित्ने आश गरिएको बार्सिलोना सेमिफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग अप्रत्यासित हार व्यहोर्दै बाहिरिएको थियो । 

त्यसैले पनि बार्सिलोना यतिबेला टोलीमा सुधार गर्न केही फेरबदल गर्न खोज्दै छ । बार्सिलोनाले आजाक्सका फ्रेन्की डे जोङलाई अनुबन्ध गरी सकेको छ भने उनका सहकर्मी तथा युवा कप्तान माथिज डे लाइटलाई अनुबन्ध गर्न कसरतमा छ । त्यस्तै प्रिमियर लिग क्लब एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजमनलाई क्याम्प नाउमा अनुबन्ध गर्ने लगभग पक्का पक्की छ । 

आफ्नो क्लबका नौ खेलाडीको मुल्य तोक्दै बार्सिलोनाले सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय संचार मध्यमका अनुसार बार्सिलानाले लगभग २७० मिलियन युरो मुल्य तोकेको बताइएको छ । 

उक्त लिस्टमा फिलिप्पे काउटिन्हो, सामुएल उमटिटी र इभान रकिटिकको मुल्य सर्वाधिक रहेको बताएको छ । कोटिन्हो चेल्सी वा लिभरपुल मध्य एक क्लबमा अनुबन्ध हुन सक्ने अनुमान छ । राकिटिका लागि इन्टर मिलान इच्छुक रहेको छ भने उमटिटी आर्सनल जान सक्ने बताइएको छ ।  

आन्द्रे गोमेज यतिबेला लोनमा एभर्टन छन् । उनलाई एभर्टनले नै अनुबन्ध गर्ने छ । राफाएल एल्कान्टारा इन्टर मिलान नजिक रहेका छन् । डेन्जी सुआरेज आर्सनलमा लोनमा छन् । त्यस्तै लोनमा रहेका मार्का कुकुरेल्ला, जोस्पर सेलेस्सेन, आर्डा टुरान र सेर्गी पालेन्सीया पनि बार्सिलोनाको बेचीने खेलाडीको लिस्टमा छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया