सुनको भाउ घट्यो, चाँदीको यथावत

४ बर्ष अगाडि

काठमाडौं– साताको चौथो दिन बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा रु १०० ले गिरावट आएको छ । 

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार ५९ हजार ४०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको छ । चाँदी मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया