बन्ने भयो दासढुंगा–२, यस्तो छ ‘थिम पोस्टर’

४ बर्ष अगाडि

नेपाली राजनीतिक वृत्तको चर्चित घटना हो, दासढुंगा । सो घटनामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको थियो ।

सो घटनाको सत्यतथ्य अझै पनि आएको छैन । सोही घटनामा आधारित सन् २०१० मा मनोज पण्डितद्वारा निर्देशित चलचित्र दासढुंगा निर्माण भयो । जसमा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, खगेन्द्र लामिछाने, सञ्चिता लुइँटेललगायतको अभिनय थियो ।

त्यसकै दोस्रो सिरिज ‘दासढुंगा–२’ निर्माण हुने भएको छ । चलचित्र निर्माण टिमले सोमबार चलचित्रको ‘थिम पोस्टर’ सार्वजनिक गरेकाे छ ।

यद्यपि, चलचित्रका लागि  कलाकार टुंगो लागेकाे छैन । कुमार भट्टराईले चलचित्र निर्देशन गर्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया