विवेकको विवादित ट्वीटप्रति सलमानले के भने ?

४ बर्ष अगाडि

एजेन्सी- बलिउड अभिनेता विवेक ओबरायले ऐश्वर्या राय बच्चनप्रति विवादित ट्विटलाई लिएर माफी मागेका छन् । तर एक्जिट पोलपछि उनको ट्वीट एकाएक भाइरल भयो । विभिन्न ट्रोलहरू बने ।

विवेकको ट्वीटमा ऐश्वर्याको तीन तस्वीर थियो, जसमा पहिला सलमान खान, दोस्रोमा विवेक र तेस्रोमा अभिषेक बच्चन र छोरी आराध्या थिइन् । 

विवेकको ट्वीट प्रकरणबारे सलमानको प्रतिक्रिया पनि बाहिरिएको छ । यस विषयमा सलमानले भनेका छन्, 'म यस्ता कुरामा ध्यान दिन्नँ । पहिले जस्तो ट्वीट पनि गर्दिनँ । अनि मिम्स कसरी देखुँ ? म काम गरुँ कि कमेन्टहरू हेरुँ ? विल्कुलै ध्यान दिन्नँ ।'

विवेक विवादित बनेपछि उनले उक्त ट्वीट हटाएका छन् र माफी पनि मागिसकेकी छन् । 

विवेकले लेखेका छन्, 'मेरो ट्वीट तथा मीमले कुनै महिलामाथि चोट पुगेको भए माफी माग्छु । ट्वीट डिलिटेड ।'

विवेकको माफीपछि सलमानको प्रतिक्रिया आएको थियो । 

सलमान खान यतिबेला फिल्म 'भारत'को प्रचारप्रसारमा व्यस्त छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया