चुनावको नतिजा आउनुभन्दा पहिले कन्हैया कुमारले दिए यस्तो प्रतिकृया

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतीय कम्युनिष्ट पार्टी (सिपीआई) को तर्फबाट लोकसभा उम्मेदवार बनेका कन्हैया कुमारले भोलीको चुनावमा जसले जितेपनि आउने समयमा समाजमा घृणा गर्नेको हर हालमा हार हुनुपर्ने बताएका छन् । 

लोकसभा निर्वाचनमा बेगुसरायबाट उम्मेदवार बनेका कन्हैयाले २३ मइमा आउने नतिजालाई लिएर जनतामाझ यस्तो बताएका हुन् । उनले सामाजिक संज्जालमा लेख्दै भनेका छन,पछिल्लो पाच वर्षमा मतभेदको जुन तरिकाले मतभेद भएको छ,त्यसले न लोकतन्त्रलाई कमजोर गरेको मात्रै छैन,समाजलाई घृणाको आगोमा हाल्ने काम पनि गरिरहेको छ । 

नेताहरुको चक्करमा आपस आपसमा लड्नेलाई चिसो दिमागले सोच्न जरुरी छ कि यस्तो गर्नुमा कसको फाइदा हुन्छ र कसको नोक्सान । असहमतिको अपराध वा अपमान मान्ने मानसिकताले केवल लोकतन्त्रको कमजोर बनाउदैन,सम्बन्धमा पनि विष बनाएर घोल्दछ । 

लोकतन्त्र हुनुको मतलब के हो भने,असहमतिको सम्मान दिनु तर यो कुरा राजनितिमा अगाडी जान्छ । देशको मतलब के हो भने,जो देशमा रहन्छ,उसैले देश बनाउछ । उनको हित नै देशको हित हुन्छ । 

यदि गरीब किसान,मजदुर,विधार्थी,दलित,आदिवासी,अल्पसंख्यक,महिला आदिलाई नोक्सान गर्ने निति बन्यो भने,यसको नोक्सान पुरा देशलाई हुनेछ । यस्तो नितिको विरोध गर्नु नै देशप्रेम हो । तर पीएम,सीएम वा सांसदको विरोधको देशको विरोध मानेर सडकमा हिंसा गर्नु देश प्रेम होइन  । जसले देशप्रेमको नेताप्रेम बनाएको छ उसबाट सावधान हुन जरुरी छ । उनिहरु आफ्नो फाइदाको लागि तपाइहरुको परिवारमा विष घोलिरहेका छन् । 

जुन साथी नजिकैको आफन्तसँग राजनितिक बहसका कारण तपाइको बोलीचाली बन्द भयो । उसलाई आज फोन गर, उसको परिवारको हालचाल सोध र भन हाम्रो सम्बन्ध यति कमजोर छइन  । 

कन्हैयाले भनेका छन्,असहमतिको सम्मान गर्नु नै लोकतन्त्रको सौन्दर्य हो । यदि हामी भारत को मानिस जसरी पनि घृणाको आफ्नो दिलबाट हटायौ भने अनि समाज र राननितिमा घृणावादीहरु आफै हार्न थाल्छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया