जताततै ठगेपछि  कालोसूचीमा पर्ने भयो पप्पू कन्स्ट्रक्सन

४ बर्ष अगाडि

काठमाडौं – हुलाकी राजमार्ग निर्माणको जिममा लिएको हरिनारायण रौनियारको कम्पनी पप्पू कन्स्ट्रक्सनको ठेक्का खोसुवामा पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय हुलामी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पूको ठैक्का टोडने निर्णय गरेको हो । पप्पूले सम्झौता बमोजिम काम सुरु गरी बिचैमा छाडी कार्य सम्पन्न गर्ने तर्फ कुनै पनि चासो नदेखाएकाले सम्झौता खारेज गर्न लागिएको आयोजनाले जनाएको छ ।

पटक पटक मौखिम जानकारी गराएको, लिखित रुपमा समेत सचेत गराउँदा समेत कार्य सम्पन्न गर्न पहल नगरेको पाइएको आयोजनाको ठहर छ ।

आयोजनाले गत वैशाख २८ गते पनि एक सार्वजनिक सूचना प्रकाशित गरी ७ दिन भित्र सम्पर्कमा आउन पप्पूलाई आग्रह गरेको थियो । तर सो समयमा समेत ठेकेदारले कुनै पनि जानकारी नगराएको तथा आयोजनाको कार्यालयमा समेत उपस्थित नभएको पाइएको छ ।

पटक पटक आग्रह गर्दा समेत सम्पर्कमा नआएका कारण   थप ७ दिन भित्र समेत सम्पर्कमा नआए पप्पूलाई कानुन अनुसार कारवाही हुने आयोजनाले जनाएको छ । सार्वजनिक खरीद ऐन २०७३ बमोजिम कालो सूचीमा राख्ने र बाँकी बक्यौता रकम असुल गर्ने योजना कार्यालय इटहरीले जानकारी दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया