चुनावी नतिजा देखेपछी कांग्रेस जिल्ला अध्यक्षको ‘हर्ट अट्याक’बाट मृत्यु

४ बर्ष अगाडि

मध्य प्रदेश – मध्य प्रदेशको एक मतगणना केन्द्रमा सीहोर जिल्ला कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरको चुनावी नतिजा देखेपछी हर्ट अट्याक बाट मृत्यु भएको छ । 

प्राप्त जानकारी अनुसार रतन सिंह ठाकुर चुनावी नतिजा हेर्न मतगणना केन्द्रमा पुगेका थिए,तर अचानक बेहोस भएर त्यही ढलेका थिए । 

भारतीय सच्चारमाध्यका अनुसार मतगणना केन्द्रमा उपस्थित भएका मानिसले भनेका छन्, कांग्रेस जिल्ला अध्यक्ष रतन ठाकुर आफ्नो टिमसग मतगणना केन्द्रमा आएका थिए तर नतिजा देख्नेबित्तिकै कुर्सीबाट लडे । तत्काल अस्पताल लगेपनि उनको मृत्यु भएको भातीय संच्चारमाध्यमले जनाएका छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया