मोदीको अगाडी कांग्रेसको दुर्दशा, राहुल गान्धीले कहाँ गल्ती गरे ? रिपोर्टमा देखियो ६ कारण

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतमा भएको लोकसभा चुनावमा सत्तारुढ पार्टी तृणमुल कांग्रेस र भाजपा विच कडा टक्कर देख्न मिलिरहेको छ ।

शूरुआती चरणदेखि नै भाजपाले प्राय सबै ठाउमा कांग्रेसलाई पछाडी पार्दे अग्रता लिएको छ । यो सगै कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीलाई टक्कर दिनका लागि लिएका विभिन्न मुद्धा सबै फेल भएका छन् । 

विभिन्न सच्चारमाध्यमले बनाएको रिपोर्ट अनुसार गान्धीले बनाएको मुद्धा मोदीको राष्ट्रवादको अगाडी कहा चुक्यो त यसरी बनाइएको छ रिपोर्ट । 

१ मोदीको राष्ट्रवादको अगाडी कांग्रेस पुरै तरिकाले फेल 

अपरेशन बालकोट पछी बीजेपी राष्ट्रवादको लहरमा सवार भयो तर कांग्रेस केही यस्तो बसत माग्न आए जसका कारण मोदीले चुनावमा सेना र बीजेपीको छविको एक गरे र आपरेशन बालकोट पछी बीजेपीको विरोध सेनाको विरोध जस्तै भयो । त्यसपछी राहुल गान्धीले यस अवधारणालाई तोड्न सकेनन् । 

२ फेल भयो राफेलको मुद्धा 

बितेका २ वर्षदेखि कांग्रेस अध्यक्ष राहुल गान्धीले राफेल डीलमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि घोटाला गरेको आरोप लगाए । त्यती मात्रै हैन उनले भाषण गर्दा मंच्च देखि नै  चौकीदार चोर हो भन्ने नारा लगाए । तर मोदीले यस आरोपको मसकाबला आक्रमक तरिकाबाट गरे  र चौकीदार चोर नाराको जवाफमा उनले म पनि चौकीदारको नारा लगाए । अब यस्तो भयो कि राहुलले सीधै मोदीमाथि घोटालाको नारा लगाउनु जनातले मन पराएनन् । 

३ घोटाला मुक्त सरकार 

प्रधानमन्त्री मोदीको ५ सालको कार्यकालमा कुनै मन्त्रीमाथि एउटा पनि घोटालाको दाग लागेन । राफेल मुद्धामा समेत कांग्रेस अध्यक्ष राहुल गान्धीले वयानमा सुप्रिम कोर्टमा माफी मागेका थिए । यसको असरले पनि भोटमा असर भएको देख्न सकिन्छ  । 

४ महंगी यस पटक मुद्धा बनेन 

यस लोकसभा चुनावमा खास कुरा यस्तो भयो कि पेट्रोल,डिजेल को मुल्य बढेपनि जरुरी चिजको मुल्य बढेन जसले गर्दा पनि चुनावमा असर परेको पाइन्छ । 

५ कांग्रेसले गर्न सकेन गठबन्धन 

युपीए मजवुद गरेको भएतापनि कांग्रेस परै तरिकाले नाकाम साबित भयो । केरल र तामिलनाडुमा कांग्रेसलाई गठबन्धनको फाइदा मिलेन । तर उत्तर प्रदेश र पश्चिम बंगालमा कांग्रेस कुनै गठबन्धन गर्न पाएन । भन्न सकिन्छ कि कांग्रेसलाई गठबन्धन पछि पनि फाइदा मिल्ने थियो । कांग्रेसमा यो पनि एउटा प्रश्न उठ्दछ । 

६ कांग्रेसको घोषणपत्र नै ठुलो कारण 
 

अपरेशन बालकोट पछि जहा देश राष्ट्रवादको लहरमा सवार थियो तर कांग्रेसले घोषणपत्रमा जम्भु कश्मिरसँग जोडिएको अनुच्छेद ३७० मा घोचपेच र सेनालाई मिल्न लागेको आफास्पालाई हटाउन सड्यन्त्र गर्याे । जसलाई प्रधानमन्त्री मोदीले डरलाग्दो मुद्धा बनाए जसका कारण राहुलको पार्टीले भनेको जस्तो नतिजा ल्याउन कठिन हुदै गइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया