हेमा मालिनी विजयी

४ बर्ष अगाडि

नयाँदिल्ली – सेलिब्रेटी तथा भारतीय जनता पार्टीकी उम्मेदवार हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन्। उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्। 

विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्। मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन्। 

मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया