मोदीलाई इमरान खानले दिए बधाई

४ बर्ष अगाडि

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना कायमै रहिरहेको बेला खानले लोकसभा निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टीले उत्साहजनक नतिजा ल्याएपछि बधाई दिएका हुन् । 
उनले दक्षिण एसियाको शान्ति, स्थायित्व र विकासका लागि मिलेर काम गर्न चाहेको बताएका छन् । 
मोदीलाई बधाई दिँदै ट्वीटरमार्फट खानले भनेका छन्, ‘विजेपी गठबन्धनले निर्वाचनमा ऐतिहासिक जित दर्ता गराएकोमा प्रधानमन्त्री मोदीलाई बधाई  । उनीसँग दक्षिण एसियाको शान्ति, स्थायित्व र विकासमा सहकार्य हुने विश्वास छ ।’ 


 

४ बर्ष अगाडि

प्रतिक्रिया