बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

४ बर्ष अगाडि

मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । 

विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए । 

बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । अभियुक्तविरुद्ध मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसुरमा मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया