अब घरमै बसेर गर्नुस शेयर कारोवार, ब्रोकर कार्यालय धाउनु पर्दैन

४ बर्ष अगाडि

काठमाडौं – अब घरमै बसेर शेयर कारोवार गनृ सक्नुहुनेछ । चेक वा पैसा बोकर ब्रोकरको कार्यालय जानुपर्ने अवस्थाको समेत अन्तय भएको छ ।

बिहिबारदेखि ‘बैंक इन्टिग्रेसन’ सुरु भएसँगै लगानीकर्ता चेक बोकेर ब्रोकर कम्पनी जानु नपर्ने भएको हो । बिहीबारदेखि नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम प्रणालीमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भएका छन् ।

नेपाल क्लियरिङ हाउस र ब्रोकर कम्पनीहरुको आपसी पहलमा उक्त ‘बैंक इन्टिग्रेसन’ सञ्चालनमा आएको छ । बिहीबारको कारोबारपछि ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु अनलाइन कारोबार प्रणालीमा जोडिएका छन् ।

आइतबारदेखि शेयर खरिदबिक्रीपछि लगानीकर्ताको खाताबाटै राफसाफ हुने भएको छ । तर उक्त सुविधा लिनका लागि लगानीकर्ताले आफ्नो खाता भएको बैंकमा गएर ‘बैंक इन्टिग्रेसन’ मा आवद्ध गराउनु पर्छ ।

नेप्सेले कात्तिक २० गतेदेखि थालिएको अनलाइन प्रणालीमा यस अघि हाल सञ्चालनमा रहेका ४ वटा क्लियरिङ बैंक मात्र आवद्ध थिए । शेयर राफसाफको काम गर्ने नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, प्रभु र सिद्धार्थ बैंकबाट मात्रै अनलाइन राफसाफ हुन्थ्यो ।

अनलाइन प्रणालीमा ‘बैंक इन्टिग्रेसन’ पछि शेयर कारोबारको राफसाफ गर्दा न्यून शुल्क मात्र लाग्ने छ । ४ वटा क्लियरिङ बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट सेयर राफसाफ गर्दा शूल्क लाग्छ । तर क्लियरिङको लागि अत्यन्तै न्यून शुल्क मात्रै लाग्ने हो ।’

नेप्सेले मंसिर २३ गतेदेखि ब्रोकर मार्फत सेयर लगानीकर्तालाई अनलाइनको युजर नेम र पासवर्ड दिन सुरु गरेको थियो । युजर नेम र पासवर्ड लिएका लगानीकर्ताले आफ्नो खाता भएको बैंकमा सम्पर्क गरी खाताबाटै राफासाफ गर्नसक्ने छन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया