अभिनेत्री स्वेता खड्काको टयुमर अप्रेशनपश्चात प्यारालाइसिस !

४ बर्ष अगाडि

काठमाडौं – केही दिन अघि नायिका स्वेता खड्काले ट्युमरको शल्यक्रिया गराएकी थिइन् । चलचित्रको ‘ हेल्लो जिन्दगी ‘ को छायांकनको क्रममा लन्डन पुगेकी खडकालाई ज्वरो आउनुको साथै घाँटीमाथि र चिउँडो नजिकैको भागमा दुखाई बढेपछि उनले परिक्षण गराएकी थिइन् ।

चिकित्सकले टयुमर भएको र तत्काल शल्यक्रिया गर्न सुझाव दिए पश्चात उनि शल्यक्रियाको लागी नयाँ दिल्ली गएकी थिइन् । रोबोटिक सर्जरीको माध्यमबाट बायाँ कानको तल्लो भागमा बढेको ट्युमरको शल्यक्रिया राम्रै संग गरिएको थियो ।

शल्यक्रिया पश्चात आफुले नयाँ जिन्दगी पाएको बताएकी उनि हाल बेड रेस्टमा छिन् । पुरै स्वस्थ नाबहेकी उनलाई पूर्ण रुपमा ठिक हुन अझै केही समय लाग्ने चिकित्सकले बताएका छन् । उनको घाँटीको एक पाटो प्रायालाइज्ड भएको छ । उनको आवाजलाई रेस्ट दिनु पर्ने भएकोले हाल उनि धेरै बोल्न सक्ने अवस्थामा छैनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया