प्रधानमन्त्रीका सूचना विज्ञ अस्गर अली विवादमा तानिएपछि...

४ बर्ष अगाडि

काडमाडौं– प्रधानमन्त्री केपी ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई अनावश्यक विवादमा मुछ्न खोजिएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिको चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा आँच पु¥याउने दुष्प्रचार भएको जनाएका छन् । 

एक साप्ताकि पत्रिकामा अन्तर्राष्ट्रिय अपराधीको समुह नेपालमा आएको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको तर, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै समाचार सार्वजनिक गरेको थियो । 

‘उक्त समाचारमा अली जेठ ७ गते मंगलवार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकू पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित दाबी समाचारमा गरिएको छ ।

उक्त कुरा त्यहाँको सीसी टिभीमा कैद भएको अत्यन्तै झुठो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ’, विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको सचिवालयले उक्त समाचारमा उल्लेखित विषयमा प्रहरी परिसर टेकूका डीएसपी सन्तोष तामाङलाई बुझ्दा तामाङले पनि अली त्यहाँ नआएको बताउनुभयो । यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्नेगरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न पत्रिकालाई हामी चुनौति दिन्छौ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया