कुकुरको नाम सरकारी हाकिमसँग मिलेपछि...

४ बर्ष अगाडि

एजेन्सी – चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेपछि पक्राउ परेका छन् । त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् ।

अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए ।

सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानूनी भएको स्पष्ट पारेका छन् । उनलाई १० दिनसम्म हिरासतमा राखिनेछ ।

चीनको सुरक्षा कानुनअन्तर्गत यो सजनय दिइएको प्रहरीले बताएको छ । छङक्वान नगर क्षेत्रमा अपराध नियन्त्रण गर्ने अधिकारी हुन् भने शिक्वान अनौपचारिक सामुदायिक कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया