बाबुरामको बधाईमा के भने मोदीले ?

४ बर्ष अगाडि

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई धन्यवाद फिर्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. भट्टराईले मोदीलाई ट्वीट मार्फत् शुभकामना दिएपछि मोदीले धन्यवाद दिएका हुन् ।

डा. भट्टराईले ट्वीट सन्देशमा लेखेका छन्, ‘भारतको लोकसभा निर्वाचनमा ऐतिहासिक विजय हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपीलाई बधाई तथा शुभकामना । आगामी दिनमा नेपाल-भारत सम्बन्ध थप विकसित हुने आशा छ ।’

जवाफमा मोदीले लेखेका छन्, ‘न्यानो शुभेच्छा र शुभकामनाका लागि धन्यवाद । नेपाल र भारतबीच निकट र मित्रवत सम्बन्ध रहँदै आएको छ । हामी द्विपक्षीय सम्बन्ध र जनता-जनताबीचको सम्बन्धलाई थप मजबुद र गाढा बनाउन हामी प्रतिबद्ध छौं ।’

 

४ बर्ष अगाडि

प्रतिक्रिया