रोनाल्डोले बलत्कारपछि यी महिलालाई साढे ३ करोड दिएकै हुन् त ?

४ बर्ष अगाडि


युभेन्टसका स्ट्राइकर क्रिश्चियानो रोनाल्डो  बेलाबेला चर्चामा आउने गर्छन् । फुटबल खेल्ने कलाले मात्रै होइन, अन्य कारणले समेत उनको चर्चा हुने गर्छ ।

यतिबेला भने यौन दुर्व्यवहारको पुरानो मुद्दाका कारण उनको चर्चा हुन थालेको छ ।  सोही आरोपलाई लिएर उनी  अदालतसमक्ष उपस्थित हुन लागेको भनेर अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

स्टार खेलाडी रोनाल्डोले दश वर्ष पहिला अमेरिकाको लस भेसागमा एकजना महिलामाथि बलत्कार गरेको आरोप खेपिरहेका छन् । क्याथरिन मेओर्गाले रोनाल्डोमाथि होटेलभित्रै बलत्कार गरेको आरोप लगाएकी छन् । रोनाल्डोले बलत्कारपछि घटना लुकाउन भन्दै आफूलाई २ लाख ९५ हजार युरो दिएको र डरले उक्त रकम लिएको मेओर्गाको भनाइ छ ।

तर रोनाल्डोले भने उक्त आरोप खण्डन गर्दै आएका छन् । अमेरिकी प्रहरीले गत अक्टोबरमा उक्त मुद्दालाई पुनस् छानबिन गर्ने निर्णय गरेको थियो । हाल मेओर्गाका वकिलले रोनाल्डोबारे थप विवरण संकलन गरिरहेका छन् । उनलाई अदालतमा हाजिर गराउन चाहिने सबै कागजातहरु तयार गरिरहेको समाचारमा बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया