अदालतका कर्मचारी कार्यालयमा मृत भेटिए

ajaako_artha

ओखलढुङ्गा – जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् । अस्थायी करार सेवामा उनी २०६२ सालदेखि जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहँदै आएका थिए । 

अदालतका श्रेष्तेदार नेत्रबन्धु पौडेलका अनुसार रातिको समयमा कार्यलयमा बस्ने दाहाल दिउँसो सुत्ने गरेका थिए । उनी दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका हुन् । अदालतको कर्मचारी आवास गृहमा शुक्रबार अपहन्न दाहाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि मुटुको समस्यामा रहेका दाहालको मादक पदार्थ सेवनले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । आवश्यक प्रकृया पूरा गरी पोष्टमार्टम पछि परिवारलाई शव जिम्मा लगाउने प्रहरी निरीक्षण श्रेष्ठले बताए । घटनाका विषयमा थप अनुन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१