नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ :भाजपा नेता आड्वाणी

४ बर्ष अगाडि

नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने स्पष्ट पारेका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले आड्वाणी निवासमा पुगेर गरेको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ । हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ ।’ 

आड्वाणीले भारतले नेपालको विकास हेर्न चाहेको बताए । उनले थपे,‘मलाई विश्वास छ अब नेपालले छिट्टै आफ्नो विकास र समृद्धि हाँसिल गर्छ । नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ ।’पछिल्लो समय नेपाल–भारतबीचको द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी थियो । उनले भने,‘हामीबीच कुनै समस्या छैन, नेपाल र भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले हामीबीच हरेक रुपले घनिष्ठ सम्बन्ध छ ।’

भेटको क्रममा पत्रकार धमलाले उपहारस्वरुप दिएको रुद्राक्षको माला ग्रहण गर्दै आड्वाणीले भने,‘ऋषिजी म तपाईप्रति आभारी छु । तपाईले नेपालबाट पवित्र पशुपतिनाथ मन्दिरको रुद्राक्षको माला ल्याईदिनुभयो । म निकै खुशी छु ।’

४ बर्ष अगाडि

प्रतिक्रिया