नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्देन् : भाजपा नेता जोशी

४ बर्ष अगाडि

नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा) का  बरिष्ठ नेता मुरली मोहन जोशीले पनि नेपाल–भारत सम्बन्ध सुमधुर रहेकोले आगामी दिनमा थप मजबुद हुने स्पष्ट पारेका छन् । ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा  जोशीले नेपालमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता, वा हिन्दूराष्ट्र जे भएपनि त्यसमा आफूहरुको कुनै हस्तक्षेप नहुने बताए । उनले भने,‘नेपाललाई के बनाउने ? वा के नबनाउने भन्ने विषय त्यो नेपाल र नेपाली जनताले नै तय गर्ने कुरा हो । नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्देन् ।’

भारतमा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको सुनाउँदै उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै बलियो हुने विश्वास दिलाए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया