ईपिजी प्रतिवेदनबारे सोच्ने वेला आयो : भाजपा नेता राजनाथ सिंह

ajaako_artha

मोदीले नेपाल–भारत सम्बन्ध थप मजबुद बनाउनुहुन्छ : राजनाथ सिंह

नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता, पूर्व अध्यक्ष एवम् पूर्व गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास दिलाएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा सिंहले आफूहरुले नेपालको आर्थिक प्रगति र उन्नति चाहेको सुनाउँदै त्यसको लागि भारत सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको स्पष्ट पारे । 

उनले भने,‘नरेन्द्र मोदीको नेतृत्वमा अब बन्ने सरकारले नेपालको विकास र समृद्धिमा झन धेरै सहयोग गर्छ ।’ अहिले नेपाल–भारतबीच कुनैपनि दरार र असमझदारी नरहेको पनि उनले जिकिर गरे । यद्धपी सानातिना समस्या भए टेबुलमा बसेर हल गर्ने सिंहले प्रतिबद्धता जनाए । 
उनले भने,‘मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, अब बन्ने उहाँको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछ । प्रभावकारी बनाउँछ ।’

फरक प्रसँगमा उनले नेपाल र भारतबीच भएका सबैखाले समस्याहरु हल गर्नको लागि बनेको नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह -ईपिजीं ले तयार पारेको प्रतिवेदन भारत सरकारले बुझ्ने नबुझ्नेबारे भने कुनै तिक्रिया दिन चाहेनन् । उनले थपे,‘यो अहिले छलफलकै विषय हो । हामी निर्वाचनमा व्यस्त थियौं । अब यसबारेमा सोच्ने वेला आएको छ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१