भोलि देशभरका अदालत बन्द : सर्वोच्च अदालत

४ बर्ष अगाडि

काठमाडौं – आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा सवोच्च अदालतले देशभरका अदालत बन्द हुने जनाएको हो ।

बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका खत्रीको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधीश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित हुनुहुन्थ्यो ।

नेपालको छैठौं प्रधानन्यायाधीश बन्नुभएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । खत्री प्रधानन्यायाधीशबाट अवकाश पाएपछि २०४३ सालमा नेपालका लागि चीनको राजदुत बन्नु भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया