पत्रकारको कठालो समात्ने मेयरलाई ४८ घण्टे अल्टिमेटम

४ बर्ष अगाडि

सुनसरी – पत्रकारहरुको कठाललो समात्ने, अनुहार लोपर्ने जस्ता दुर्व्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई ४८ घण्टा भित्र माफी सहित स्थानीय सरकारको पत्रकार माथिको दृष्टिकोण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले दोस्रो पटक प्रेस विज्ञप्ती जारी गर्दै पहिलो पटकको विज्ञप्ती प्रति कुनै सुनुवाइ नभए र निरन्तर सामाजिक सञ्जाल मार्फत पत्रकारलाई धम्की आउन थालेकाले पत्रकारको सुरक्षालाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी चिन्तित बनेको छ । प्रश्न सोधेकै कारणले दुर्व्यववहार भोग्नु परेका पत्रकार र अन्य पत्रकारहरुलाई दुर्व्यववहार गर्न मेयर चौधरीको चेतावनीले पत्रकारको सुरक्षामा गम्भीर प्रश्न उब्जिएको नेपाल पत्रकार महासंघको ठहर छ ।

उपमहानगरकी कार्यवाहक प्रमुख लक्ष्मी गौत्तमले शुक्रबार जारी विज्ञप्तीले पत्रकार पेशामा लागेकाको स्वाभिमानको सम्मान गर्ने नभएको महासंघको जिकिर छ । पत्रकार र पत्रकारीता क्षेत्रको स्वाभिमानको रक्षा गर्दै निर्वाद रुपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न उपमहानगर सहित सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण पनि गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया