किन दिएन नेपाल बैंकले यस वर्ष लाभांश

४ बर्ष अगाडि

काठमाडौं – नेपाल बैंकले आगामी आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने बैंकका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए ।

वित्तीय अवस्थाका आधारमा नियमनकारी निकायको स्वीकृतिमा आगामी वर्षदेखि शेयरधनीलाई लाभांश वितरण गर्ने तयारी भएको छ ।

गत आर्थिक वर्षदेखि सञ्चित नोक्सानबाट बैंक नाफामा गएको हो । नेपाल लेखामान स्तरले थप रु ४३ करोड दायित्व र अवकासपछि दिनुपर्ने पेन्सन रकम व्यवस्थापन गर्नुपर्दा सेयरधनीलाई लाभांश वितरण गर्न नसकेको बैंकको भनाइ छ ।

गत चैतसम्म बैंकले रु २ अर्ब २४ करोड ५५ लाख खुदनाफा गरेको छ । ९ महिनासम्म बैंकले रु १ अर्ब ६२ करोड १६ लाख लाभांश बाँड्ने अवस्थामा रहेको बैंकले जनाएको छ । बैंकको संचित कोषको आकार रु १५ अर्ब ६१ करोड १० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाशदेखि बैंंकले नाफा गर्न थालेको हो । यसअघि भएको दायित्व भुत्तानी गत वर्षको पुसमै व्यवस्थापन गरिसकेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया