असारमा गर्दैछ नेपालकै ठुलो जलविद्युत् कम्पनी तामाकोशीले साधारणसभा

४ बर्ष अगाडि

काठमाडौं – माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले ११ औं वार्षिक साधारण सभा आगामी असार ११ गते गर्ने भएको छ । कम्पनीले सभामा वार्षिक प्रतिवेदनमा छलफलगरी पारित गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालनमा निर्वाचन गर्न सभा बोलाएको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक लगाएत अन्य संस्थाहरुलाई सञ्चालन समितिको निर्णयले गरेको सहयोग रकमलाई अनुमोदन गर्ने विशेष प्रस्तावमा राखेको छ ।  कम्पनीको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका जेठ २१ गतेदेखि असार ११ गतेसम्म बन्द रहने भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया