भर्नु भयो इन्फिनिटीको आइपिओ ?

४ बर्ष अगाडि

काठमाडौँ – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ सोबारदेखि बिक्री सुरु भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ६ लाख २९ हजार ९३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम् ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  यो आईपीओ बिक्री छिटोमा जेठ १६ र ढिलोमा असार १० गतेसम्म बन्द हुनेछ ।

यस आईपीओलाई केयर रेटिङ नेपालले गे्रड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको चुक्ता पुँजी १४ करोड रहेकोमो आईपीओ बाँडफाँडपश्चात रु २० करोड ७४ लाख पुग्नेछ ।  त्यस्तै चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु २ करोड १९ लाख खुद नाफा कमाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया